दमक/ उपचारपछि झापाबाट घर फर्किदै गरेका विरामी र आफन्त बोकेको एम्बुलेन्स आज बिहान उदयपुरको त्रियुगा ६ चुरेमा आफैं अनियन्त्रित भई दुर्घट्ना भएको छ ।

मे १ च ६६१ नम्बरको एम्बुलेन्स आज बिहान साँढे ३ बजे दुर्घटना हुँदा एम्बुलेन्समा सवार त्रियुगा नगरपालिका ६ का सदहरुल मिया, छोरी २८ बर्षीया सहिजा मिया, सोही ठाउँका ३५ बर्षीय मोहमद हमिद, ४० बर्षिय सहिपुन खातुन, ७५ बर्षिया हजरा खातुन, त्रियुगा नगरपालिका–१२ की ३२ बर्षीय अम्बिका बि.क. र छोरा ११ बर्षीय अशोक बि.क. घाईते भएका हुन् । घाईते सबैजनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ भने चालक र एम्बुलेन्सलाई ईलाका प्रहरी कार्यालय जलजलेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यसैगरी उदयपुरको उदयपुरगढी गाउँपालिका १ बाट सुत्केरी ब्यथा लागेपछि बिरामी बोकेर बिराटनगर तर्फ आउँदै गरेको स १ झ ५२६ नम्बरको एम्बुलेन्स सुनसरीको गढी गाउँपालिका–२ को थलाहा पुलमा आज बिहान ३.१० बजे ठोक्किएर दुर्घटना हुँदा एम्बुलेन्समा सवार उदयपुर गढी गाउँपालिका १ की ३२ बर्षीया सबिना बास्तोला (सुत्केरी ब्यथा लागेको बिरामी), उनका श्रीमान ३६ बर्षीय खेम बहादुर बास्तोला, सोही ठाउँका ३६ बर्षीय सिताराम बास्तोला घाईते भएका छन् ।

उनीहरुको बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचार भईरहेको छ भने चालक सोही ठाउँका २८ बर्षिय नीर बहादुर पुलामी मगरको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Facebook Comments Box