दमक/बहालवाला एक जना प्रहरी जवान विरुद्ध १८ बर्षिया एक किशोरीले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका हुन् ।

यादव सप्तरी घर भइ हाल ओखलढुंगाको श्रीचौरमा कार्यरत् छन् ।
पीडित किशोरीले बुधबार जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । किशोरीको किटानी जाहेरीका आधारमा प्रहरीजवान यादवलाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

मंगलबार घाँस काट्न गएकी किशोरीलाई प्रहरीजवान यादवले जंगलमै जबर्जस्ती करणी गरेको पीडितको आरोप छ । यादवले करणी गरिरहेका बेला किशोरीका बुवाले देखेपछि घटना बाहिर आएको हो । प्रहरीले जंगलमा किशोरीलाई करणी गरेको घटना बाहिरिएपछि स्थानीयवासीले प्रहरीचौकी घेराउ गरेका थिए ।

किशोरीले आफूलाई इच्छाविपरीत पटक–पटक यादवले करणी गरेको भनी किटानी दिएकी छन् ।

Facebook Comments Box