दमक/ झापाको कमल गाउँपालिका ५ पाडाजुंगीमा मुख्य कार्यालय रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले आफनो बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।
बुधबार संस्थाको कार्यालयमा एक संक्षिप्त कार्यक्रम गरि प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन पुस्तिका संस्थाका अध्यक्ष शान्ताकुमार राई, पूर्व अध्यक्ष तथा जिल्ला सहकारी संघका सदस्य बालकृष्ण गौतम, पूर्व लेखा समिति संयोजक एकराज प्याकुरेल र गौरादह सेवा केन्द्रका संयोजक इन्दिरादेवी विष्टले सार्वजनिक गरेका छन् ।
प्रतिवेदन पुस्तिका सार्वजनिकरण कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारी, सदस्य ,कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । ३ करोड ३२ लाख ५४ हजार ४ सय शेयर पूंजी रहेको संस्थाले गतवर्षसम्म ३० करोड ७८ लाख ५३ हजार ४सय २९ रुपैयाको कुल कारोवार गरेको प्रतिवेदनमा उल्लेख छ ।
Seen by Bishnu Subba Angdembe at 11:14
Facebook Comments Box