दमक /सामाजिक काम गर्दै आइरहेको सस्था पहिलो पाइला दमक शाखाले आज सोमबार  दमक स्थित  पशुपति मन्दिरमा सरसफाइ , भक्तजन हरुलाइ शुद्ध पिउने पानी  बितरन र मन्दिर बाहिर सहयोग लिन बसेका बुबाआमाहरुलाइ खाजा स्वरुप बिस्कुट पानी प्रदान गरेर कार्यक्रम सम्पन गरेको छ।

पहिलो पाइला नेपाल दमक शाखा अध्यक्ष छवि बास्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा सोही सस्थाका सल्लाहकार राजु खडका ,सस्थाका सदस्य हरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो।

आज पहिलो पाइला नेपाल दमक शाखाले आयोजना गरेको कार्यक्रममा जोलिबी खाजा घरका सन्चालक सरोज बास्कोटाले भक्तजनहरु लाई खुवाउने  पानीको सहयोग पुर्याएको जानकारी सचिब निशा घिमिरेले बताइन ।उक्त सस्थाले पछिल्लो दिनहरुमा सामाजिक कार्यमा उच्च रुपले फडको मार्दै आएको छ।

त्यस्तै गरि दमकमा रहेको रोटरि क्लबले समेत आज पशुपति मन्दिर दमकमा भक्तजनहरुलाइ ,पानी चिया ,र खाजा बितरन गरेको छ ।साथै मन्दिर परिसरमा बृक्षारोपण समेत गरिएको जानकारी  रोटरि क्लब दमकका अध्यक्ष सन्दिप चापागाईंले बताउनु भएको छ।उक्त क्लबले साउन महिनाको प्रत्येक हप्ता उक्त मन्दिरमा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो।

 

 

 

Facebook Comments Box