दमक/ झापाको मेचीनगर नगरपालिका–६ बाट हतियार (एयरगन) सहित चार जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० बर्षीय ओम साह, २५ बर्षीय सिद्धार्थ मगर, २० बर्षीय मोहम्बद सुल्तान सुसेन र २० बर्षीय बिटु सरकार रहेका छन । हिजो बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका उनीहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

हतियार र गोलीसहित पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box