
दमक । साहित्य कला सङ्गम दमकका काेषाध्यक्ष समेत रहेका साहित्यकार तथा कवि ओम प्रसाद खनालकाे निलाे आकाश कविता सङ्ग्रह एक समाराेहका बिच लाेकार्पण भएकाे छ। कविता सङ्ग्रहकाे लाेकार्पण दमक प्रज्ञा प्रतिष्ठान का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी हेमनाथ अधिकारी , असम नेपाली साहित्य सभाका केन्द्रीय अध्यक्ष दुर्गा खतिवडा ,साहित्य सुनाै परिवार मिरिकका सदस्य अजम प्रधान,नेपाली साहित्य मञ्च दिल्लीका सदस्य टासी शेर्पा,प्रतिभा निकेतन दमकका अध्यक्ष मेघराज तिम्सिनाले सयुक्त रुपमा गरेका थिए । साहित्यकार यादव प्रसाद अधिकारी झाक्रिखाेले ले उक्त प्रकाशित कृती माथी समिक्षात्मक टिप्पणी गरेकाे उक्त कार्यक्रममा साहित्यकार डा. गाेपाल प्रसाद भण्डारी, धन्नजय बास्काेटा,कमल प्रसाद वस्ती ले शुभकामना मन्तव्य राखेका थिए। यसरी नै कवि गाेपाल प्रसाद दहाल र दुर्गा काफ्लेले निलाे आकाशका कविताहरु वाचन गरेका थिए। साहित्यकला सङ्गम दमकका अध्यक्ष विष्णु प्रसाद न्याैपाने काे अध्यक्षतामा भएकाे उक्त कार्यक्रमका उपाध्यक्ष विन्दु दहाल मुकदर्शक ले स्वागत गर्नु भएकाे थियाे ।कार्यक्रममा असम नेपाली साहित्य सभाका उपाध्यक्ष र महासचिव के. पि. भुसाल र मदन थापा, दमकका साहित्यकारहरु राम नेपाल, बिरेन्द खडका,अम्विका प्र.सापकाेटा डा. लेखनाथ न्याैपाने, पुस्ता राई ,भक्ता देवी दहाल मेघनाथ बन्धु लगायतकाे उपस्थिती रहेकाे थियाे ।