दमक/ मोरङको याङ्शिलामा आयोजित राष्ट्रिय सेवा दल (एनसीसी) का क्याडेटहरुबीच भएको वक्तृत्वकलामा प्रतियोगितामा दमक–८ स्थित झापा मोडल अंग्रेजी मावि ( जेम्स ) की छात्रा कृतज्ञता थापा प्रथम भएकी छन् । उनीसंगै प्रतियोगितामा सामेल सुनसरीको आइडियल बोर्डिङ स्कूलका छात्र सम्पन्न सुवेदी द्वितीय र संखुवासभाको मानेभञ्ज्याङस्थित महेन्द्र माविकी छात्रा सृष्टि श्रेष्ठ तृतीय स्थान प्राप्त गर्न सफल भएकी छन् ।

प्रतियोगिता राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङ्शिलाको आयोजनामा भएको प्रतियोगितामा पर्सादेखि पूर्वमा झापा र इलामका विभिन्न ८ विद्यालयका राष्ट्रिय सेवा दलका ९ जना क्याडेट विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए । यो प्रतियोगितामा विजयी तीन विद्यार्थीहरु राष्ट्रिय सेवा दल (एनसीसी) मा आवद्ध दक्षिण पूर्वी एशियाका विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका विद्यार्थीहरुसंग सहकार्य गर्न र चाँडै हुने सैनिक दिवसको उपलक्ष्यमा आफ्नो प्रतिभा देखाउन पाउने झापा मोडल अंग्रेजी मावि (जेम्स ) का संस्थापक निर्देशक जयबहादुर श्रेष्ठले जानकारी दिए ।

प्रतिभा प्रस्तुत गर्न विद्यार्थीहरु भोलि मंगलबार सो दलको केन्द्रीय कार्यालयमा जाँदैछन् । उनीहरुले त्यहाँ आगामी १० दिनसम्म विभिन्न विषय र विधामा तालिम गरि देशभरिका राष्ट्रिय सेवा दल (एनसीसी) का ४ क्षेत्रबाट विजयी भई १२ विजेता विद्यार्थीहरु बीच हुने वक्तृत्वकला प्रतियोगितामा प्रतिष्पर्धा गर्ने कार्यक्रम रहेको जेम्सका संस्थापक निर्देशक श्रेष्ठले बताए ।

Facebook Comments Box