दमक/ दमकका युवा उद्यमी व्यवसायी घनश्याम खनाल र पत्नी विन्दाले दमक १० स्थित सगरमाथा प्राविमा स्मार्ट कक्षा सञ्चालनमा सहयोग पुरयाउने उदेश्यले एक थान टेलिभिजन प्रदान गरेका छन् ।
खनालले शुक्रबार विद्यालयमै पुगेर सो सहयोग प्रदान गरेका हुन् । सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाहरुको शिक्षामा कमी नहोस र आधुनिक प्रविधिबाट गुणस्तरीय शिक्षा लिन पाउन भन्ने हेतुले सो टेलिभिजन प्रदान गरिएको खनालले बताए ।