दमक/ दमक ४ मा रहेको बशिष्ठ संस्कृत गुरुकुलले बिबिध कार्यक्रम गरी आफ्नो १३ औं बार्षिक उत्सव मनाएको छ । दमक नगरपालीकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरि गुरुकुलको बार्षिक उत्वस मनाईएको हो ।
गुरुकुलका अध्यक्ष राजेन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मदन पुरस्कार बिजेता बरिष्ठ साहित्यकार डा. नवराज लम्सालले हाम्रो गुरुकुलीय परम्परानै पुर्विय सभ्यता बचाउने परम्परा भएको बताए । पुर्वीय संस्कार र संस्कृति जोगाउन गुरुकुलहरु जोगाउनै पर्ने उनले बताए । कार्यक्रममा नगर प्रमुख थापाले बशिष्ठ गुरुकुल दमकको गहना भएको बताउँदै यसलाई जोगाउनु र सम्बद्र्धन गर्नु सबैको दायित्व रहेको बताए ।
कार्यक्रममा दमक वडा नम्बर ४ का वडाध्यक्ष पुण्यप्रसाद दाहाल, गुरुकुलका संस्थापक अध्यक्ष शेरबहादुर भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गुरुकुलका बटुकहरु साथै अन्य बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।
