दमक/ साहित्यकार दुर्गा काफ्लेकाे चाँदनी उपन्यास एक कार्यक्रका बिच बिमाेचन भएकाे छ साथै उनका अरु दुई उपन्यास मनकाे बिचलन र प्रेम सराेबर काे परिचर्चा समेत भएकाे छ ।

गाेर्खा डिपार्टमेन्टकाे सभा हलमा भएकाे  कार्यक्रममा सहित्यकारहरु शिव प्रणत ले मनकाे बिचलन, धन्नजय बास्काेटाले प्रेम सराेबर र मिश्र बैजन्तीले चाँदनी उपन्यासकाे परिचर्चा गरेका थिए । प्रा.डा. टंक प्रसाद न्याैपाने काे प्रमुख आतिथ्य र प्रा.डा. बद्रिबिलास पाेख्रेलकाे विशिष्ट आतिथ्यमा भएकाे  कार्यक्रममा दमक नगर पालिका का पुर्व प्रमुख राेमनाथ ओली ,पुर्व उप प्रमुख गीता अधिकारी लगायत साहित्यकारहरु वम देवान , राधा पाण्डे ,यज्ञ परिश्रमी,भरत गुरागाई,हेमनाथ अधिकारी,के.पि.ढकाल यादव अधिकारी झाक्रिखाेले, ,विवश बलिभद्र काेईराला,ओमप्रसाद खनाल, हरि पराजुली,गाेपालप्रसाद दहाल, विरेन्द्र खडका,कमल प्र.भट्टराई,,डा.लेखनाथ न्यापाने,ओमप्रकाश गाैतम ,मेघनाथ बन्धु, धनकुटे कान्छा ,भवानी दाहाल ,कमल दाहाल, अम्विका प्रसाद सापकाेटा,टंक पाठक लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्याैपानेकाे अध्यक्षतामा भएकाे थियाे भने स्वागत मन्तव्य संस्थाका महासचिव दीपक सुवेदीले राखेकाे उक्त कार्यक्रम सचिव बिवश बलिभद्र काेईरालाले सन्चालन गरेका थिए । कार्यक्रममा कविहरुबाट कविता वाचन गर्नुका साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएकाे थियाे ।

Facebook Comments Box