झापा दमकका उदियमान युवा गायक आयुश्मान चापागाँईले आफ्नो तेश्रो गीत सार्वजनिक गरेका छन् ।   यस अघि दुई ओटा लोकप्रिय गीत सार्वजनिक गरि सकेका उनले ‘तिमिनै’ बोल रहेको तेश्रो गीत भने आफ्नै रचना, संगीत र स्वरमा निकालेका छन् ।

२०७८ सालमा शिशिर भण्डारीको शव्द र संगीतको मुरली तिरीरी ……..बोलको गीत निकाले पछि औपचारीक रुपमा संगीत क्षेत्रमा होमिएका उनलाई पहिलो गीतलेनै पहिचान दिलाउन सहयोग पु¥यायो ।   एक वर्ष पछि ‘मायाँ बस्योय कि कतै’ … बोलको गीत ल्याएका उनलाई फिचरीङ्मा सुजता पाण्डेको साथ रहेको थियो ।

हरेक वर्ष एक/एक ओटा गीत निकाल्दै आएका आयुश्यानले यस वर्ष भने आफ्नै शव्द र संगीतमा स्वर भरेका हुन् । तेश्रो गीतमा उनलाई एरेन्ज, मिक्सिङ र मास्टरीङ्मा सुलभले साथ दिएका छन् भने क्षितिज केसीको साथले भिडीयो बनाएका उनले आफ्नै युट्युव च्यानल आयुश्मान चापागाँईबाट सार्वजनिक गरेका हुन् ।  हाल भारतमा चिकित्सा विज्ञान अध्ययनरत आयुश्मानले गीत संगीत र चिकित्सा पेशालाई सँगसँगै लैजाने बताएका छन् ।

Facebook Comments Box