दमक/ यहि भदौ २० गते दमकमा हुने दमक उद्योग वाणिज्य संघको निर्वाचनका लागि नेपाली कांग्रेस निकट लोकतान्त्रिक व्यवसायीहरुको नेतृत्वका उम्मेद्वारहरु आजदेखि व्यवसायीका फर्म (पसल) तथा घर दैलोमा निस्किएका छन् ।
दमक ६ देवकोटा चोकस्थित सिद्धी मार्केटमा स्थापना भएको संयुक्त चुनाव प्रचार प्रसार समितिका कार्यलयमा आज सक्षिंप्त कार्यक्रमका बीच संघीय संसद सदस्य एवम् कांग्रेस नेतृ महेन्द्रकुमारी लिम्बुले उम्मेद्वारहरुलाई खादा ओढाएर शुभकामना दिँदै चुनाव प्रचार प्रसारको शुभारम्भ गरिन् । सो अवसरमा संयुक्त लोकतान्त्रिक व्यवसायी समुहको निर्वाचन प्रचार प्रसार समितिका संयोजक प्रकाश प्रसाइँले चुनाव प्रचार प्रसारका लागि दैनिक कार्यतालिकाबारे जानकारी गराएका थिए ।
संयुक्त लोकतान्त्रिक व्यवसायीहरुको प्यानलमा अध्यक्ष पदका लागि युवा व्यवसायी तथा अघिल्लो निर्वाचनमा अध्यक्ष पदको प्रत्यासी रही झिनो मतान्तरले पराजित भएका गोकूल श्रेष्ठ रहेका छन् ।
वरिष्ठ उपाध्यक्षमा सुरज आचार्य, प्रथम उपाध्यक्षमा राजु खड्का, द्धितीय उपाध्यक्षमा राजकुमार योङया र तृतीय उपाध्यक्षमा रमा लिम्बु रहेका छन् । ५ जना खुल्ला कार्य समिति सदस्यका लागि चन्द्र खत्री, तुल्सीराम तिम्सिना, नविन अग्रवाल, सञ्जित रौनियार, सुरज लिम्बु र रुपक दाहाल रहेका छन् । त्यसैगरी खुल्ला महिला सदस्य तर्फ दिलु सुब्बा र सुस्मा निरौला ( न्यौपाने) , वस्तुगत तर्फ सदस्यका लागि मोहन ढकाल ( होटल) , भेनस श्रेष्ठ (मोवाइल) प्रकाश नेपाल ( अटो मोाइल्स) रुवल अधिकारी ( सुनचाँदी) र तिलक डाँगी ( ग्याँस विक्रेता) लाई उम्मेद्वार बनाएको छ । लेखा समिति संयोजकमा पारसमणी आचार्य र सदस्यहरुमा दिपेन्द्र तिवारी र कृष्णराज दाहाल उम्मेद्वार बनेका छन् ।