दमक/ दमक स्थित मेची सहकारी संस्थाले २३ औं वार्षिकोत्सव तथा २५ औं साधारणसभाको अवसर पारेर बुधबार बिभिन्न कार्यक्रम गरेको छ ।
संस्था परिसरमा अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षता र नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १ सय ८७ जनाले रक्तदान गरेका थिए ।
यस्तै निशुल्क दन्त शिविरमा ८ सय ७० जनाले दन्त परीक्षणको सेवा लिएको संस्थाका सुचना अधिकारी चन्द्र थापाले जानकारी दिए । दमकका आमा, ओम तथा सुलभ डेन्टलको सहयोगमा भएको दन्त शिविरमा दाँतको सुरक्षाका बारेमा डा. सीपी गैरेले जानकारीमूलक प्रशिक्षण दिएका थिए ।
सोहि कार्यक्रममा ७ जनाले मृत्यु पश्चात शरीर दान र १० जनाले नेत्र दान गर्ने घोषणा पनि गरे । हाल सम्म संस्था मार्फत १ सय २१ जनाले शरीर दान र २ सय ५१ जनाले नेत्रदानको प्रतिवद्धता व्यक्त गरेको थापाले जानकारी दिए ।

 

Facebook Comments Box