दमक/ आज कुशे औंशी अर्थात हिन्दू धर्माबलम्बीहरुले महत्वसाथ मनाउने बुबाको मुख हेर्ने विशेष दिन । आजै वर्षभरी देव तथा पितृ कार्यमा प्रयोग हुने कुश आज घर घरमा भित्र्याउने चलन छ ।
छोराछोरीहरुले आफ्ना बाबुलाई मीठो भोजन गराउने तथा आशिर्वाद लिने चलन छ । घरदेखि टाढा रहेका सन्तानहरुले पनि आज बाबुलाई विभिन्न माध्यमबाट सम्झने गर्दछन् ।
बाबु दिवंगत भइसकेका सन्तानहरुले भने विभिन्न कुण्ड तथा तीर्थस्थलमा गई पितृ तर्पण गर्ने तथा पिताको नाममा ब्राह्मणलाई सिदा दान गर्ने गर्दछन् ।

Facebook Comments Box