दमक भदौ १६/दमकमा सामाजिक रुपमा सक्रिय सस्था पहिलो पाइला दमक शाखाले चाडपर्बलाइ मध्यनजर गर्दै सरसफाइ कार्यक्रम गर्दै आइरहेको छ।
आज हरितालिका तिजको अवसरमा सो सस्थाले दमक स्तिथ पशुपति मन्दिर परिसर सरसफाइ मन्दिर परिसर बाहिर भिक्षा माग्न बसेका जेष्ठ नागरिकहरु पाच जनालाइ दोसल्ला र खानेकुरा दिएर आफनो कार्यक्रम सम्पन गरेको छ।कार्यक्रममा पुजा गर्ने आएका भक्तजनहरुलाइ छमछ्मी नाचेका थिए।
कार्यक्रमको अध्यक्षता सस्थाको दमक शाखा अध्यक्ष छबि बास्कोटा प्रमुख अतिथी सामाजिक ब्याक्तित्व राम थापा,सामाजिक सहयोगी ब्यबसायिक ब्याक्तित्व लक्षमण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो कार्यक्रममा पाच जना जेष्ठ नागरिक लाई दोसल्ला र खानेकुरा अतिथीहरुले बितरन गरेका थिए भने कार्यक्रमको सन्चालन शाखा सह सचिब राजु निरौलाले गरेका थिए।
कार्यक्रम बोल्दै प्रमुख अत्तिथी थापाले युवाहरुको सक्रियताको प्रशंसा गरेको थिए ।
सम्मान कार्यक्रमलाई सामाजिक ब्याक्तित्व राजु खडकाले आर्थिक सहयोग गरेका थिए।