दमक/ दमक –५ को वडा कार्यालयले वडा वाल सञ्जालसंगको सहकार्यमा वाल प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले युगल नृत्य तथा कविता वाचन र लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

वडाको सामाजिक विकास अन्तर्गत दिपीनि आधारभुत विद्यालयमा सो प्रतियोगिता गरेको हो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्य , उपप्रमुख गीता अधिकारीको विशेष आतिथ्य र दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङको अध्यक्षतामा सो कार्यक्रम उद्घाटन गरिएको थियो ।
दमक ५ का वडा सचिव भोसकुमार थुलुङका अनुसार ५ नं वडा समिति र वडा वाल संञ्जालको सहकार्यमा सञ्चालन भएको प्रतियोगितामा कविता तर्फ प्रसिद्धि घिमिरे‚ (मदरल्याण्ड अग्रेजी मा. वि) , अस्मिता कोइराला ( ड्रिमल्याण्ड अग्रेजी मा. वि.) र दिक्षा वाग्ले (सगरमाथा बाल क्लब) क्रमश पहिलो, दोश्रो र तेस्रो भए । युगल नृत्य प्रतियोगिता तर्फ आयुषा भुजेल र हिमानी खड्का (मदरल्याण्ड अग्रेजी मा. वि.) पहिलो,
आस्मा वाँनिया र रोजी शेर्मा (सर्वोदय अग्रेजी मा. वि.) दोश्रो र प्रशंसा विष्ट र शोभा मण्डल (शान्ति टोल विकास संस्था) तेस्रो भए ।
सहभागी सबैलाइ प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रथम‚ दितिय‚ तृतीय स्थान हासिल गर्नेलाई मेडल‚ ट्रफी‚ प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरियो ।

प्रतियोगितामा कविता तर्फ निर्णायकका रुपमा लिला प्रसाद अधिकारी र यज्ञ दाहाल रहेका थिए भने नृत्य तर्फ कमला खनाल र विमल नेपाल रहेका थिए ।
बाल प्रतिभाहरुको विकास गर्दै प्रतिभा उजागर गर्न यस किसिमका कार्यक्रमले महत्वपूर्ण सहयोग पुरयाउने विश्वास गरिएको दमक ५ की वडा सदस्य ख्यामकुमारी परियार ( सरु)ले बताइन् ।

Facebook Comments Box