कमल/ कमल ५ स्थित लगनशील कृषी सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभाबाट पुनःगोविन्द खनालको अध्यक्षताा नयाँ सञ्चालक समिति चयन भएको छ । अध्यक्ष खनाल निर्विरोध अध्यक्षमा दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन भने निर्विरोध हुन नसकेका केही पदहरुमा शनिबार संस्थाका सदस्यहरुले मतदान गरेका थिए ।
सो संस्थाको उपाध्यक्ष टिका खत्री, सचिवमा भिष्म प्र. सिटौला र सदस्यहरुमा शोभादेवी गजुरेल, नैनाकला खतिवडा, भगवती खड्का, सुरज कुमार कुमाल, भुवन बुढाथोकी र प्रेम बहादुर राई निर्वाचित भएका छन । त्यसैगरी लेखा समिति तर्फ संयोजकमा युवराज कार्की, सदस्यहरुमा राम प्रसाद बराल र मुना धिताल निर्वाचित भएका जनाइएको छ ।
संस्थाले शनिबार रोडस्टार पार्टी प्यालेसको सभाकक्षमा १६ औं चुनावी साधारण सभासँगै विभिन्न बिधामा उत्कृष्ट हुने शेयर सदस्यहरुलाई पुरस्कृत समेत गरेको थियो ।
कमल ५ का वडाध्यक्ष लालबहादुर विष्टको प्रमुख आतिथ्यमा भएको साधारण सभामा संस्थाको बार्षिक प्रतिवेदन, लेखा प्रतिवेदन प्रस्तुत गर्नुका साथै संस्थामा उत्कृष्ठ कारोवार गर्ने साधारण बचत, मुद्यती बाल बचत, ज्येष्ठ नागरिक बचत,ज्येष्ठ सदस्य सम्मानसहित विभिन्न क्षेत्रका उत्कृष्ठ किसानहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।
सभाको उदघाटन सत्रमा संस्थाका अध्यक्ष खनालले सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन र लेखा संयोजक युवराज कार्कीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा सभामा ज्येष्ठ नागरिकतर्फ ८० बर्षिय तुलाहर्क लिम्बू,७९ बर्षिय चेतामणी बराल, ७८ बर्षिय नन्कुमार न्यौपाने,७८ बर्षिय अम्बरबहादुर विष्ट, ७७ बर्षिय भगिरथ अधिकारी तथा ज्येष्ठ नागरिक बचततर्फ बछली लिम्बू,सुविस्ता आङदेम्बे र भिमादेवी तिम्सीनालाई सम्मान गरिएको थियो ।
यसैगरि, मुद्धती बचततर्फ ८ जना, बाल बचततर्फ १० जना,साधारण बचततर्फ ७ जना उत्कृष्ठ शेयर सदस्यलाई समेत सम्मानपत्र तथा पुरस्कार प्रदान गरिएको थियो ।
यस्तै, शेयर सदस्यका परिवारबाट एसईईमा उत्कृष्ठ अंक ल्याउने सुसांग खनाल,निक्सन घिमिरे,रेनुका बस्नेत, उत्कृष्ठ कर्मचारीका रुपमा मिना बिष्टलाई नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।


यसैगरि,धेरै दुध उत्पादन गर्ने शेयर सदस्यहरु गणेश ढकाल , डिकबहादुर श्रेष्ठ, राम सापकोटा,मिन प्रसाद घिमिरे, दुर्गा प्रसाद पराजुली र ज्येष्ठ दुध ल्याउने उत्कृष्ठ किसानतर्फ कपिलमणी दाहाल र दुर्गा कार्कीलाई सम्मान स्वरुप कृषि सामाग्री प्रदान गरिएको थियो । सभामा नियमित दुध ल्याउने किसानतर्फ कृष्ण प्रसाद भण्डारी र उमानाथ रिजाल, सफा दुध ल्याउने द्धय किसान प्रेमबहादुर राई र लक्ष्मण पोखेललाई पुरस्कृत गरियो ।


यसैगरि, सभामा उत्कृष्ठ तरकारी खेतीतर्फ छबिलाल गुरागाई ,मेहनेती किसानतर्फ सावित्रा पराजुली र कुवेर प्रसाद पाण्डेलाई सम्मानपत्र र स्प्रे ट्यांकी प्रदान गरि पुरस्कृत गरियो ।
बाख्रा पालनतर्फ उदय नेपाल, भैसीपालनतर्फ टेकबहादुर लिम्बू, राजेन्द्र बराल ,विजय भटटराई रबंगुरपालनतर्फ हिलिहांग लिम्बूलाई कृषि सामाग्री तथा सम्मानपत्रद्धारा पुरस्कृत गरिएको व्यवस्थापक तिलक कार्कीले बताए ।
सभाको बन्दसत्रले प्रस्तुत बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षणको प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।
सभामा प्रमुख अतिथि वडाअध्यक्ष विष्ट, जिल्ला सहकारी संघ झापाका सदस्य बालकृष्ण गौतम ,संस्थाका सल्लाहकार संयोजक भोजकुमार घिमिरे, सुम्निमा कृषि सहकारी संस्थाका अध्यक्ष प्रमोद दाहाल लगायतले सहकारीका विषयमा बोलेका थिए ।
कुल १ हजार १ सय ४ जना शेयर सदस्य रहेको सहकारीले गत आर्थिक बर्षसम्म शेयर पूंजी २ करोड ६५ लाख १५ हजार ६ सय पुरयाँएको प्रतिवेदनमा उल्लेख छ ।

 

Facebook Comments Box