दमक/ विदेशमा अध्ययनका लागि जाने बिद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको परामर्शदाता संस्था एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेजले आफनो २० औं शाखाका रुपमा दमकमा शाखा सञ्चालनमा ल्याएको छ ।
अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्टको २० औं शाखाको रुपमा सञ्चालनमा ल्याईएको दमक शाखाको आज दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराइ प्रसाइँले औपचारिक कार्यक्रमकाबीच उदघाटन गरेकी छन ।
सो अवसरमा उपप्रमुख भट्टराईले बिदेशमा अध्ययन गरेका बिद्यार्थीहरुलाई नेपालमै आएर सीपको सदुपयोग गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्न पनि आग्रह गरिन । उनले अहिले बिदेश अध्ययनमा जाने फेसनकै रुपमा रहेको भन्दै बिदेशमा सिकेको सीपलाई स्वदेशमै लगानी गर्न पनि बिद्यार्थीहरुलाई आग्रह गरिन ।
यस क्षेत्रका विद्यार्थीलाई लक्षित गर्दै उनीहरुको सहजताका लागि दमकमा शाखा सञ्चालनमा ल्याइएको संस्थाका नेपाल निर्देशक खेम संग्रौलाले बताए । विश्वका २० वटा देशमा एक्सपर्टले शाखा विस्तार गरेको जानकारी दिँदै उनले विद्यार्थीको बिदेशको पहिलो दिनदेखि सेटलमेन्ट सम्ममा संस्थाले सहजिकरण गर्ने गरेको उनले जानकारी दिए । आफुहरुले ब्यवसायसंगै सामाजिक काम पनि गर्दै आएको नेपाल डाईरेक्टर संग्रौलाले बताए ।
कार्यक्रममा दमक ५ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ, एक्सपर्टसँग परामर्श लिएर आफ्ना चार छोरीलाई विदेश पठाएका अभिभावक तथा राप्रपा झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, आस्था कलेजका प्रमुख टेकनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
दमकको मध्य भागमा रहेको पूर्वपश्चीम राजमार्गसँगै जोडिएको मंगलदीप मार्केटको माथिल्लो तलामा सो शाखा सञ्चालनमा आएको हो । दमकमा यस खाले शैक्षिक परामर्श दाता संस्थाहरु च्याउ उम्रिए समान खुल्दै आएका भएपनि तिनको नियमन हुन सकिरहेको छैन । करिब आधा दर्जन संस्थाहरु मात्रै यहाँ बैधानिक रुपमा सञ्चालनमा रहेका छन । दर्जनौं शैक्षिक परामर्श दाता संस्थाहरु, भाषा प्रशिक्षण केन्द्र, रोजगार दिने केन्द्र ( जब सेन्टर) र म्यानपावर कम्पनीहरु अबैधरुपमा सञ्चालन भइरहेपनि आवश्यक अनुगमन र नियमन हुन सकिरहेको छैन ।

Facebook Comments Box