दमक/ दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्था सोमबारदेखि २५ औ वर्षमा प्रवेश गरेको छ ।
संस्थाले आफनै कार्यालयमा संक्षिप्त कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
संस्थाका अध्यक्ष एलडी राईले स्थापना दिवसका अवसरमा केक काटेर विधिवत रजत वर्षको शुभारम्भ गरेका थिए । उनले संस्थालाई थप गतिशील बनाउन सवै शेयर सदस्यहरुको योगदान आवश्यक भएको औल्याए ।
उनले संस्थाले यसवर्षलाई विशेष रजत बर्षका रुपमा विभिन्न कार्यक्रम गरि मनाउने तयारी गरिएको बताए ।
स्थापना दिवस कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णबहादुर गोलेले संस्थाको विगतदेखि वर्तमान अवस्थाका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थाकी सहसचिव फूलसरी राना, सदस्यहरु विष्णु सुब्बा,पारषमणि राई, राजेन्द्र लिम्बू, हरिमाया लिम्बू, लेखा समितिका संयोजक सुरेन्द्र निङलेखु, यमुना भटटराई, व्यवस्थापक लीलाराज तुम्बापो, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।