दमक/ सेवा निवृत्त शिक्षकहरुको शैक्षिक जिवनी समेटिएको पुस्तक आकाश गंगा मुन्तिर बिमोचन गरिएको छ । सेर्गेम प्रकाशन गृह दमकले प्रकाशन गरेको पुस्तक आकाश गंगा मुन्तिरको साझा प्रकाशनका पूर्व महाप्रबन्धक तथा बरिश्ठ साहित्यकार डा. तुलसी भट्टराईले आज दमकमा आयोजित कार्यक्रमका बीच बिमोचन गरेका हुन ।
३५ जना सेवा निवृत्त शिक्षकहरुको शैक्षिक जिवनी समेटिएको पुस्तकमा नेपाली शिक्षण अवस्थाको बिगत भेट्न सकिने पुस्तक प्रकाशन समितिका संयोजक कमलराज भट्टराईले जानकारी दिए । सबै शिक्षकहरुको सामुहिक प्रयत्नमा पुस्कत तयार गरिएको भन्दै उनले पुस्तकले सेवा निवृत्त शिक्षकहरुको जिवन क्रियाशील बनाउन सहयोग पुर्याएको बताए ।
दमकका अग्रज शिक्षासेवी मेघराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण पुस्तकका प्रधान सम्पादक समेत रहेका प्राध्यापक डा. गोविन्दराज भट्टराईले बताए ।
पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक मोहन भण्डारी, प्राध्यापक धनन्जय बाँस्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए । बरिष्ठ हाँस्यब्यंग्य कवि लक्ष्मण गाम्नागेले कविता गरेका थिए ।

Facebook Comments Box