दमक/युक्रेनसँगको युद्धमा रसियन सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ । रूसस्थित नेपाली दूतावासका अनुसार युक्रेनविरूद्धको युद्धका क्रममा गत कात्तिक २९ गते उनीहरूको मृत्यु भएको हो ।
नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार ५ का प्रितम कार्की, दोलखाको मेलुङ ६ का राजकुमार रोक्का र इलामको इलाम ५ का गंगाराज मोक्तान छन्। । नेपाली दूतावासले शवको यथाशीघ्र व्यवस्थापनका लागि मृतकका परिवार र राजदूतावासबीच सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन पनि अनुरोध गरेको छ । रुसी सेनाले नेपालीहरूलाई आफ्नो सहयोगीका रूपमा राखेका थिए । रूस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू रूसी सेनामा आबद्ध भएको सूचना पहिल्यै बाहिर आएको थियो ।

Facebook Comments Box