दमक/ दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक चुनावी साधारण सभाबाट पुनः टिकाराज सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ ।
बिहिबार सम्पन्न संस्थाको साधारण सभा अन्तर्गतको निर्वाचनबाट सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । सञ्चालक समितिको उपाध्यक्षमा टिकाराज सापकोटा
उपाध्यक्षमा रुद्र बहादुर अधिकारी, सचिवमा कमल प्रसाद नेपाल तथा सदस्यहरुमा बलराम पराजुली, अशोक चौधरी, गोबिन्द सेनेहाङ, नारायण प्र.खतिवडा, रेनु मिश्र र दुर्गादेवी श्रेष्ठ निर्विरोध चयन भएका छन । त्यस्तै लेखा तथा सुपरिबेक्षण समिति संयोजकमा डिल्लीराम मुखिया र सदस्यद्धयमा खगेन्द्र नेपाल र हेम कुमारी थापा चयन भएका छन ।
सभाको बन्द सत्रले अध्यक्ष सापकोटाद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक मुखियाले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको संस्थाका प्रवन्ध निर्देशक अरुण भण्डारीले जानकारी दिए । सभाले देवदर्शन सहकारीसँग एकीकरणको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । यससँगै अब ति दुई संस्थाबीच एकीकरण हुने बैधानिक बाटो खुल्ला भएको छ ।