लखनपुर/ झापाको कमल गाँउपालिका ५ स्थित पाडाजुंगीमा नयाँ व्यवस्थापनसहित शुभरत्न बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा आएको छ ।
कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले आज औपचारिक कार्यक्रमका बीच सो सहकारीको उद्घाटन गरे । स्थानीय व्यवसायीहरुको सक्रियतामा लोकेन्द्रराज राउतको नेतृत्वमा स्थापना गरिएको सहकारीमा उद्घाटनको पहिलो दिननै एक सय सदस्यले कारोबार शुरु गरेका उपाध्यक्ष धर्मानन्द भट्टराईले जनाए ।
संस्थाको शेयर पूंजी ८५ लाख रहेको छ भने चालु वर्ष १ करोड १५ लाख ,निक्षेप २ करोड ,ऋण लगानी १ करोड ४० लाख र १ लाख बरावरको शेयर लगानी गरिने लक्ष्य राखिएको अध्यक्ष राउतले बताए । सहकारी उद्घाटनमा स्थानीय सामाजिक तथा राजनीतिक अगुवा पूर्णानन्द शर्मा, सहकारीका सञ्चालक,कर्मचारी, व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो ।