दमक/ साहित्यकला संगमले आफ्नो रचना वाचनको ३६ ओ श्रृङखला शुक्रवार एक कार्यक्रमका बिच सम्पन्न गरेको छ ।

कार्यक्रममा साहित्यकारहरुले आफ्ना नव सिर्जनाहरु प्रस्तुत गरेका थिए । रचना वाचन गर्ने साहित्यकारहरुमा साहित्य कला सङ्गमका अध्यक्ष बिष्णु न्यौपाने, उपाध्यक्षहरु बिन्दु दहाल मुकदर्शक,यादवप्रसाद अधिकारी ,दुर्गा काफ्ले ,सचिब विवश बलिभद्र कोईराला, कोषाध्यक्ष ओमप्रसाद खनाल र साहित्यकारहरु अम्विकाप्रसाद सापकोटा, डा. लेखनाथ न्यौपाने,शारदा निरौला,डिल्लीराम निरौला, मेघनाथ बन्धु, बिरेन्द्र खडका , नारायण प्रसाद फुयल, पदम प्रसाद ओली,नरपति पाण्डे ,चन्द प्रसाद रिजाल लगायतले रचना वाचन गरेका थिए ।

साहित्य कला संगमका ज्येष्ठ सदस्य यादव प्रसाद नेपालको प्रमुख आतिथ्यमा र साहित्यकार प्रा. डा. गोविन्दराज भट्टराई र सुदुर पश्चिम प्रदेशका साहित्यकार लिलाधर बास्कोटाको बिशिष्ठ आतिथ्यतामा भएको रचना बाचन कार्यक्रम साहित्यकला संगमका अध्यक्ष बिष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने सञ्चालन संगमका सचिब बिवश बलिभद्र काईरालाले गरेका थिए ।

Facebook Comments Box