दमक/ साहित्य , कला संगम दमक अन्तर्गत स्थापित तीन वटा अक्षयकोषबाट यस बर्ष प्रदान गरिने अलग अलग विधाका तीन पुरस्कारका लागि स्रष्टाहरुको छनोट गरिएको छ ।
संस्था अन्तर्गत स्थापित भवानी मिश्र पुरस्कारबाट भारत आसामका नेपाली भाषी साहित्यकार डम्बर दाहाल, झापाका डा. देवी नेपाल र संखुवासभाका ताराबहादुर बुढाथोकीलाई पुरस्कृत गरिने निर्णय भएको छ ।
त्यस्तै साहित्यकला श्री पुरस्कार दमककी कमला खनाललाई प्रदान गरिने भएको छ भने तुलसादेवी न्यौपाने स्मृति पुरस्कार मोरङकी रेखा सुवेदीलाई प्रदान गरिने भएको छ । ति सबै पुरस्कारको राशी जनही जनही ३५ हजार र साथमा स्मृति चिन्ह र सम्मान पत्र रहेका छन ।
ति पुरस्कार झापाको दमकमा आउँदो १० चैतमा आयोजना गरिने समारोहका बीच प्रदान गरिने साहित्यकला संगम दमकका अध्यक्ष बिष्णु नेउपाने र महासचिव दीपक सुवेदीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा जनाइए अनुसार गत ११ फागुनमा गरेको स्रष्टा छनोट समितिको सिफारिस र साहित्यकला संगम दमकको मुल समितिको निर्णयले ति पुरस्कृत हुने प्रतिभाहरुको छनोट गरिएको हो ।