दमक/ झापाको अर्जुनधारा नगरपालिका–९ गोलधापमा करेन्ट लागेर २२ बर्षीय एक युवकको ज्यान गएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार स्थानीय बसन्त धिमालको करेन्ट लागेर मृत्यु भएको हो ।

घट्ना विवरण अनुसार गएराती पौने ९ बजे रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय अनारमनीले सो घट्नाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Facebook Comments Box