दमक/झापाको दमक ३ मा सञ्चालित प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिताको उपाधीका लागि आज फाइनल खेल हुँदैछ ।
उपाधीका लागि आज भुटानी शरणार्थी खेलाडीको टिम फेन्स क्लब भुटान बीआरसी र झापाको कमल गाउँपालिका खेलकुद विकास समितिबीच रोचक प्रतिस्पर्धा हुनेछ । बीआरसी दमककै सक्रिय युवा क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने कमल खेलकुद विकास समिति शुक्रबार भएको खेलमा ध्रुवतारा स्पार्टिङ क्लबलाई हराएर फाइनल प्रवेश गरेको हो ।
दमक नगरपालिकाको संरक्षकत्व र वडा नं ३ को संयोजकत्वमा सञ्चालन भएको सो प्रतियोगिताका विजेताले नगद ५० हजार ५ रुपैयाँ र उपविजेताले नगद ३० हजार ५ रुपैयाँसहित ट्रफी , मेडल र प्रमाण पत्र हात पार्नेछन् । प्रतियोगिता अवधीभर प्रत्येक खेलको म्यान अफ द म्याचलाई समेत पुरस्कृत गरिएको थियो ।
दमक ३ स्थित चुलाचुली स्कूलको खेलमैदानमा गत असोज २९ गतेदेखि शुरु भएको सो प्रतियोगितामा दमक र आसपासका एक दर्जन टीमले सहभागिता जनाएका थिए ।