दमक/ दमक ८ स्थित झापा मोडल अंग्रेजी माविका एक जना छात्रले विद्यार्थी गुणीय चक्र ( एस क्यू सी) को राष्ट्रिय सम्मेलनमा उत्कृष्ट अवार्ड जित्न सफल भएका छन् । सो विद्यालयमा कक्षा ९ मा अध्ययनरत आवास नेपालले मनसा मेमोरियल टोटल क्वालिटी पर्सनको विधामा उत्कृष्ट अवार्ड जितेका हुन् ।

काठमाडौंको डिएभी स्कूलमा हालै सम्पन्न १५ औं सो राष्ट्रिय सम्मेलनमा आभाससंगै झापा मोडलकै कक्षा ६ मा अध्ययनरत प्रजुना निरौलाले स्पोकन वोर्डज पोइट्रीमा प्रथम स्थान हासिल गरेकी विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले जानकारी दिनु भयो ।

एस क्यूसी अभियानमा दमकको झापा मोडल विगत चार बर्षदेखि निरन्तर सहभागी हुँदै विभिन्न विधामा उपाधीहरु जितिरहेको छ । विद्यार्थीहरुको रहेको अन्तर्निहित प्रतिभालाई उजागर गराउने यो अभियान सन १९९० को दशकबाट शुरु भएको हो । नेपालमा भने लगभग दुई दशक अघिदेखि यो अभियान भित्रिएको हो ।

यस बर्ष आयोजना गरिएको १५ औं राष्ट्रिय सम्मेलनमा भने देशभरका उत्कृष्ट ६ दर्जन विद्यालयका करीब एक हजार विद्यार्थीहरु यो अभियानमा सहभागी भएका थिए ।

 

Facebook Comments Box