दमक/ झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले आज दमक ईलाका अन्तर्गतका सेवा केन्द्रहरुका सदस्यहरुको बिस्तारित भेला कमलमा सम्पन्न गरेको छ ।
कमल गाउँपालिका वडा नं ५ स्थित पाडाजुँगीमा दमक, नमुना ढुुुकुरपानी, लखनपुर, गौरादह, जुरोपानी, बैगुनधुरा र क्याम्पा सेवा केन्द्रका सदस्यहरुको बिस्तारित भेला सम्पन्न भएको हो ।
कर्णाली सहकारीको शिक्षा उपसमितिको आयोजनामा भएको बिस्तारित भेलामा एक सय सदस्यहरु सहभागी थिए ।
शिक्षा उपसमिति संयोजक भुपाल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
सदस्यहरुले सहकारीले सञ्चालन गरेका कार्यक्रमहरुमाथि टिप्पणी र जिज्ञासा राखेका थिए । संस्थाले सञ्चालन गरेको बिशेष उपचार कोष, कर्जा सुरक्षण कोष लगायतका कोषहरुका बारेमा सदस्यहरुले जिज्ञासा राखेका थिए ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले कर्णाली सहकारी पुर्ण रुपमा सदस्य मुखी भएकोले यस्ता कार्यक्रमहरु निरन्तर गर्दै आएको बताए । समय समयमा सदस्यहरुको सुझाव र सल्लाह लिँदै संस्थाका नीति नियमहरु बनाउने भन्दै उनले सदस्यहरुले पनि संस्थाले बनाएका हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउनु पर्ने बताए ।

 

Facebook Comments Box