दमक/ राष्ट्रिय विभुती तथा समाजसुधारक महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्तीका अवसरमा मोरङको एक स्थानीय सरकारले सार्वजनिक विदा दिएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका कार्यालयको कार्तिक १५ गते बसेको बोर्ड बैठकको निर्णयानुसार सार्वजनिक विदा दिइएको गाउँपालिकाद्धारा जारी सार्वजनिक सूचनमा उल्लेख छ ।
सूचनामा जनाइए अनुसार सो दिन त्यस गाउँपालिका कार्यालय, अन्तर्गतका कार्यालय र शिक्षण संस्थाहरुमा सार्वजनिक विदा दिइएको छ । यस बर्षको फाल्गुनन्द जयन्तीका अवसरमा मिक्लाजुङ ३ मा पर्ने टाँडीको धोवेनीमा यहि कार्तिक २२ देखि २५ गते सम्म बृहत कार्यक्रम गरिने यस अघिनै सार्वजनिक भईसकेको छ ।
किराँत धर्म तथा साहित्य उत्थान संघका मुख्य सचिव संकल्प लिङदेनका अनुसार प्रदेश एकका मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्य तथा किराँत धर्मगुरु आत्मनन्द लिङदेन र गुरुआमा पवित्राहाङमा लिङदेनको विशेष आतिथ्यमा बृहत धार्मिक कार्यक्रम आयोजना गरिएको छ ।