दमक/ दमक ६ देवकोटास्थित शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले शनिवार १४ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभामा उत्कृष्ट शेयर सदस्य ,ज्येष्ठ सदस्यहरुको सम्मान तथा पुरस्कारका साथ साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष गुरुभक्त ढुंगानाको अध्यक्षता तथा जिल्ला सहकारी संघका जिल्ला उपाध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको उदघाटनमा संस्थाले विगतका वर्षझै यसवर्ष पनि सहकारीमा कारोवार गर्ने १९ जना उत्कृष्ठ शेयर सदस्यहरु,१६ जना ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा नरेन्द्र खड्का, पम्फा माया राई,निर्मल कटुवाल,बिना सापकोटा,रमेश कामी, कृष्णमोहन साह, भक्ति प्रसाद ढुंगाना, मदन गमजर,रत्नलाला राई,जसबहादुर राई,ममता क्षेत्र,रनसिंह राइ,पदममाया खत्री, गोमादेवी घिमिेर, राजीव पूर्वे, मातृका पौडेल,गोपाल आचार्य, भोलनाथ पोख्रेल र शुसीला शेर्मा रहेका छन् ।
सभाको उदघाटनमा संस्थाका अध्यक्ष ढुंगानाले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन, कार्यवहाक लेखा संयोजक गणेश घिमिरेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
दुवै प्रतिवेदन संस्थाको बन्द सत्रले सुझावसहित पारित गरिएको व्यवस्थापक लोचन ढुंगानाले बताए । साधारणसभामा प्रमुख अतिथि कोइराल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, जिल्ला सहकारी संघका लेखा समिति संयोजक चुडामणी ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष गणेश बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए ।
७२६ जना शेयर सदस्य रहेको सहकारीको गएको आर्थिक वर्षसम्म १ करोड ९ लाख २ सय शेयर पूंजी, निक्षेप ९ करोड ३४ लाख ३३ हजार ७ सय ९३, कर्जा ९ करोड ९ हजार २ सय ६ रुपैया रहेका व्यवस्थापक लोचन ढुंगानाले जानकारी दिए ।