दमक/ दमक –५ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले इकाईगत रुपमा आफनो १३ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
असोज ७ गते बुधबारेबाट शुरु गरेको इकाइगत साधारण सभाको मंगलबार दमक –८ स्थित कस्मिक पार्टी प्यालेसमा निर्णय एकीकरण तथा माइन्यूट प्रमाणिकरण गर्दै १३ औ बार्षिक साधारणसभा औपचारिक रुपमा सम्पन्न गरेको संस्थाका निमित्त व्यवस्थापक धर्मानन्द भट्टराईले जानकारी दिए ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षतामा भएको सभाको समापनमा इकाई गत साधारणसभामा प्रस्तुत संस्थाको बार्षिक तथा लेखा प्रतिवेदनलाई सुझावसहित एकीकृत माइन्यूट प्रमाणिकरण गरेको हो ।
संस्थाले गत असोज ७ मा बुधबारे सेवा केन्द्र, ८ गते विर्तामोड सेवा केन्द्र, १३ गते सुरुङा सेवा केन्द्र ,११ गते उर्लावारी सेवा केन्द्रमा इकाईगत साधारणसभा सम्पन्न गरेको थियो ।
सभा समापनमा प्रमुख अतिथी नगर उपप्रमुख भट्टराईसहित दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष तुलाराम न्यौपाने , मेनेर्जस क्लव झापाका अध्यक्ष खोमप्रसाद बगाले लगायतले सहकारीका विविध विषयमाथि चर्चा गरेका थिए ।