भारतको एक अस्पतालमा  आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु  भएको छ ।

अधिकारीका अनुसार गएराति करिब १०:३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसियुमा आगलागी भएको थियो।

घटनास्थलको फुटेजमा वार्डभित्र जलेको विस्तरा तथा पर्खालहरू देखिएका थिए भने आक्रोशित परिवारहरू अस्पताल बाहिर पर्खिरहेका थिए। यसै गरी  आगलागीबाट उद्धार गरिएका बच्चाहरूलाई सुरक्षित ठाउँमा राखिएको थियो।

आगलागीको घटनामा दश जना शिशुको दुखद मृत्यु भएको उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारहरूलाई बताएका छन्।  उनका अनुसार सातवटा शवको पहिचान भइसकेको छ भने  तिन वटा शवको अहिलेसम्म पहिचान हुन सकेको छैन।

आगलागीको कारणबारे अनुसन्धान गरी जिम्मेवारहरू विरुद्ध कडा कारबाही गरिने पाठकले जनाउनु भएको छ। समाचार स्रोत- एजेन्सीहरु

Facebook Comments Box