दमक/भोली कार्तिक २५ गते । राष्ट्रिय विभुती , किराँत धर्मका महागुरु महागुरु फाल्गुनन्द लिङदेनको १३० औं जन्मजयन्ती ।
समाजलाई अहिंसाको बाटोमा डोहोरयाउने, सामाजिक अन्धविश्वास र कुरीतिहरुको अन्त्य गर्दै प्रगतीपथमा लम्किन प्रेरणा जगाउनु हुने महागुरु फाल्गुनन्दलाई सरकारले राष्ट्रिय विभुतीको सूचीमा राखिसकेको छ ।
उहाँको सम्झनामा हरेक बर्ष झापा, इलाम , मोरङसहित विभिन्न जिल्ला तथा विदेशमा समेत विभिन्न कार्यक्रमहरु गरिँदै आएको छ । सोही अवसरमा यस बर्ष मोरङको मिक्लाजुङ ३ टाँडीस्थित धोविनीमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा फाल्गनन्द जयन्ती विशेष कार्यक्रम आयोजना गरिएको आयोजकका संकल्प लिङदेनलले जानकारी दिनु भयो ।
सो जयन्तीको अवसरमा भोली २५ कार्तिकमा झापाको दमक, शिवसताक्षी, बुद्धशान्ती लगायतका पालिकाहरुमा सार्वजनिक विदा दिइएको छ । त्यसैगरी इलामका विभिन्न पालिकाहरु तथा मोरङको उर्लाबारी, पथरीशनिश्चरे लगायतका पालिकाहरुमा पनि सार्वजनिक विदा दिइएको छ ।