झापाको गौरीगञ्ज २ कोरोबारीमा उत्पादन भएको ड्रागन फ्रुट । यो फलको माग बजारमा दिन प्रतिदिन बढ्दो छ । स्वास्थ्यका दृष्टिकोणबाट उत्तम मानिदैं आएको यसको सेवन सबै खालका दिर्घरोगीहरुका लागि उपयुक्त मानिन्छ । विशेष गरी कोरोना महामारीपछि झापामा ड्रागन फ्रुटको छिटफुट रुपमा व्यवसायिक खेती गर्ने क्रम चलेको छ । भारत र चिनियाँ बजारबाट नेपाल ल्याइएका स्याउ सुन्तला आदिको तुलनामा स्थानीय स्तरमा उत्पादित ड्रागन फ्रुट निक्कै लाभदायक मानिन्छ ।