दमक/  बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कोशी प्रदेशकै तेस्रो ठुलो सहकारी कर्णाली वचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो २५ औं बार्षिकोत्सव तथा रजत महोत्सवको शुभारम्भ गरेको छ । बिर्तामोडमा आज बिहिबार एक कार्यक्रमको आयोजना गरि रजत जयन्ती महोत्सव शुभारम्भ गरेको हो ।

बिर्तामोड नगरपालीकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईंले रजत जयन्तीको लोगो सार्वजनिक गर्दै महोत्सवको शुभारम्भ गरिन् ।
नगर प्रमुख प्रसाईंले सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्न स्थानीय तहले गर्नु पर्ने नीतिगत कामहरु भइरहेको बताइन् । पछिल्लो समय सहकारीमा आवद्ध सदस्यहरुको रकम दुरुपयोग र ठगी प्रकरणका घटना वाहिर आइरहको सन्दर्भमा यसको नियमनका लागि सदस्यहरु पनि चनाखो बन्नु पर्ने बताए ।

कर्णाली सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठले आज पुष ४ गते संस्था स्थापना गरिएको दिन भएकोले रजत महोत्सवको शुभारम्भ गरिएको जानकारी दिँदै बर्षौभरी रचनात्मक कार्यहरु गरी रजत महोत्सव मनाउने बताए ।
विपन्न बर्गलाई आर्थिक रुपमा अगाडी बढाउन, कृषकहरुको उत्पादन बृद्धि गर्नका साथै महिलाहरुलाई सशक्त बनाउने उद्धेश्यले स्थापित कर्णाली सहकारी आफ्नो नारा ‘‘मेरो कर्णाली मेरो समृद्धिको आधार, जन्मे देखी मृत्यु सम्म कर्णाली’’ लाई सार्थक बनाउने अघि बढिरहेको बताए । कृषि उत्पादनलाई जोड दिदै सदस्यहरुलाई आत्मनिर्भर बनाउन सहकारी प्रयत्नशील रहेको पनि उनले बताए ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथी जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले विपन्न र आर्थिकस्तर कमजोर भएका नागरिकहरुको बैंक नै सहकारी भएको दावी गरे । सहकारीले बचतको माध्यमबाट आर्थिक सामाजिक क्षेत्रलाई अगाडी बढाउने काम गरिरहेको उनले बताए ।
कार्यक्रममा झापा जिल्ला वचत संघका बरिष्ठ उपाध्यक्ष उपेन्द्र ओली, कर्णाली सहकारीका सञ्चालक समिति लेखा समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको कर्णाली सहकारीका कोषाध्यक्ष एकराज बिष्टले जानकारी दिए ।
कर्णाली सहकारीले रजत महोत्सवको शुभारम्भमा २५ जना जेष्ठ नागरिक र २५ जना उत्कृष्ट बिद्यार्थीलाई पनि सम्मान गरेको छ ।

७० बर्ष भन्दा माथिका सदस्यहरु मध्येबाट आज २५ जनालाई प्रति व्यक्ति नगद ३ हजार रुपैयाँका दरले सम्मान गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले जानकारी दिए । त्यसैगरी सदस्य परिवारका तर्फबाट उत्कृष्ट अंक ल्याउने २५ जना बिद्यार्थीलाई पनि आज प्रति व्यक्ति नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको उनले बताए । रतज महोत्सको अवसयमा यस बर्ष भरिनै ७० बर्ष भन्दा माथिका जेष्ठ सदस्यहरुलाई सम्मान गरिने र १ सय जना बिद्यार्थीलाई पनि सम्मान गरिने प्रमुख कार्यकारी अधिकृत याक्सोले बताए ।

 

Facebook Comments Box