एजेन्सी । विश्वकै धनी व्यक्तिको नामले चिनिने माइक्रोसफ्ट कम्पनीका मालिक विल गेट्स हुन् ।

पछि एक अध्ययन प्रतिवेदनले बिल गेट्स र उनकी पत्नी मेलिण्डा गेट्स दुवै विश्वकै सबै भन्दा धनी जोडी बनेको देखाएको थियो । सन् १९७५ मा अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टका सह संस्थापक रहेका बिल गेट्सले सन् १९९४ मा त्यहीँकी एक कर्मचारी मेलिण्डा सँग विवाह गरेका थिए ।  विवाह गरेको २५ वर्ष बितिसकेको छ ।

यि दम्पत्ती विगत २५ वर्षदेखि हरेक राति भाँडा माझ्दै आइरहेका छन् । धेरैले सोच्छन् धनि व्यक्तिहरुको जीवनल निकै तामझामका साथ बित्छ । उनीहरुले केही काम गर्दैनन् । घरमा काम गर्नेहरु प्रशस्तै हुन्छन् । प्रशस्तै आराम मिल्छ भन्नेहरुको लागि यो जोडी यस्तो उदाहरण बनेको छ । जसले आम मानिसले झै साधरण जीवन बिताएका छन् ।

उनीहरु प्रायः आफ्नो खाना आफै बनाउँछन् अनि सँगै भाँडा माझ्छन् । मेलिन्डा पति पत्नीको काम बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छिन् । यसले परिवारमा खुसी छाउने उनको भनाई छ । सन् १९८७ मा मेलिन्डा बिल गेट्सकै कम्पनी माइक्रोसफ्टमा काम गर्दा उनीहरुको भेट भएको थियो ।

काम गर्दा गर्दै नजिक भएका उनीहरुले सन् १९९४ मा बिहे गरेका थिए ।

Facebook Comments Box