दमक/ दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवस विबिध सेवामुलक र रचनात्मक कार्यक्रमहरु गर्दै मनाएको छ ।
संस्थाको सामाजिक उत्तदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य परिक्षण शिविर, सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई ब्याग बितरण, सदस्य शिक्षा कार्यक्रम,सामुदायिक भवन झिलझिलेलाई बिद्युतीय पंखा बितरण लगायतका कार्यक्रमहरु गर्दै सप्ताहव्यापी रुपमा संस्थाले आफ्नो स्थापना दिवस मनाएको हो ।
७ चैतदेखि शुरु भएको स्थापना दिवस विशेष कार्यक्रम सोमबार समापन गरिएको हो । सञ्चालित स्थापना दिवस विशेष समारोहको आज सोमबार संस्थाको मुख्य कार्यालय भवनमा औपचारिक कार्यक्रम गरि समापन गरिएको संस्थाका प्रमुख व्यवस्थापक कमलकुमार घिमिरेले जानकारी दिए ।

संस्थाका अध्यक्ष बुद्धिसागर वरालको अध्यक्षता र प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिस्ट्रार हरि बहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा बचत संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, मेची बहुउद्देश्यीय सहकारीका सचिव राजेन्द्र दाहाल, बिद्योदय आधारभुत बिद्यालयकी शिक्षिका भिमा घिमिरे, पतन्जली दमक नगर समितिका महामन्त्री धनपति ओडारी, रेडक्रस सोसाईटी उपशाखा दमकका रक्तसञ्चार शाखा सिद्धार्थ दाहाल लगायतको आतिथ्य रहेको थियो । संस्थाका सचिव सञ्जिब रिमालले स्बागत मन्तब्य राखेको सो कार्यक्रममा बिद्योदय आधारभुत विद्यालय दमक –४का २५ जना जेहेन्दार विद्यार्थीलाई भाग्य वोक्ने झोला वितरण गरिएको थियो ।
सोही अवसरमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु तथा बाल बचत खातामा उत्कृष्ट बचत गर्ने बालबालिकाहरूलाई शिक्षा बोक्ने झोला र सम्मान पत्र र पुरस्कार वितरण गरिएको थियो ।
संस्थाको मुख्य कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा जम्मा ६४पिन्ट रगत संकलन भएको छ । १७ जना महिलासहित सो संख्यामा रक्तदाताहरुले रक्तदान गरेका थिए । आँखा परिक्षण शिविरमा बिर्ताज्योति आँखा अस्पताल दमक र दन्त परिक्षण दमक थुलुङ डेन्टलले प्राविधिक सहयोग गरेका थिए ।

स्थापना दिवसको अवसरमा यसअघि गौरादह सेवा केन्द्रमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको रक्तदानमा ५ महिलासहित ४० जनाले रक्तदान गरेका छन् ।
संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा भएको रक्तदानमा नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहका सभापती संजिव बहादुर कार्की र रेडक्रस सोसाइटी उप शाखा दमकका रक्त सञ्चार शाखा सिद्धार्थ दाहाल, संस्थाका सचिव संजिव रिमाल, संचालक सदस्य दिनेशकुमार अधिकारी, राजेन्द्र श्रेष्ठ, सेवा केन्द्र संचालन व्यवस्थापन उप समिति सदस्य खेमराज पाण्डे, वजार विकास तथा व्यस्थापन उपसमिति संयोजक भिम बहादुर रायमाझी लगायतको आतिथ्य रहेको थियो ।
त्यसैगरी संस्थाले कनकाईस्थित सुरुङ्गामा रहेको सेवा केन्द्रमा १६ औं स्थापना दिवसका अवसरमा रक्तदान, दन्त परिक्षण, आँखा शिविर, वित्तीय शिक्षा, सदस्य सम्मान तथा पुरस्कृत, बिद्यार्थीलाई ब्याग वितरणलगायतका कार्यक्रम गरेको छ ।
अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत साकोसका सञ्चालक समिति सदस्य राजेन्द्र श्रेष्ठले गरेको कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख ब्यवस्थापक कमल घिमिरेले गरेका थिए ।
सोही कार्यक्रमका बिच भृकुटी माविका २५ जना बिद्यार्थीलाई ब्याग बितरण गरिएका थियो भने सुरुङ्गा सेवा केन्द्रका सदस्य पिति गर्ग, भिष्म बुर्जामगर, उदयनाथ शाह, लोकेन्द्र खड्का र कमलप्रसाद थपलियालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बित्तिय शिक्षा प्रदान गरिएको थियो । बित्तिय शिक्षाको सहजीकरण संस्थाका व्यवस्थापक कमल घिमिरेले गरेका थिए ।
झापा र मोरङ कार्यक्षेत्र रहेको साकोसको मुख्य कार्यालयसहित ५ वटा कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ । गत चैत ७ गतेदेखि ११ गते मुख्य कार्यालयसहित सवै सेवा केन्द्रमा स्थापना दिवसको अवसरमा यस प्रकारका बिभिन्न कार्यक्रम गरिरहेको र आगामी सोमबार मुख्य कार्यालयमा स्थापना दिवस विशेष कार्यक्रमको औपचारिक समापन गरिने संस्थाका प्रमुख व्यवस्थापक घिमिरेले जानकारी दिए ।
त्यसैगरी झिलझिले सेवा केन्द्रमा आयोजित कार्यक्रमको शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्लेले उदघाटन गरेका छन् ।
सो अवसरमा सतासीधाम धार्मिक तथा पर्यटन समितिका उपाध्यक्ष कृष्णप्रसाद खरेल, अरुणोदय आधारभुत विद्यालयवाट शिक्षिका लोककुमारी डाँगी , छिमेकी साकोसका अध्यक्ष मोहन मैनाली लगायतको आतिथ्य रहेको सो कार्यक्रममा जम्मा ५२ पिन्ट रगत संकलन भएको छ । त्यहाँ ६ जना महिलासहित ५२ जनाले रक्तदान गरेका थिए ।
१५ औं साधारणसभामा नै घोषणा गरे वमोजिम झिलझिले सामुदायिक भवनलाई ४ थान पंखा हस्तान्तरण गरिएको थियो ।
सदस्य शिक्षा संस्थाका व्यबस्थापक कमलकुमार घिमिरेले संस्थागत गतिविधि प्रस्तुत गरेका थिए भने अरुणोदय आधारभुत विद्यालयका २५ जना जेहेन्दार विद्यार्थीलाई भाग्य वोक्ने झोला वितरण गरिएको थियो ।
