दमक/ साहित्य कला सङ्गमको आयोजनामा तुलसादेवी न्यौपाने स्मृति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । हिमालय मा. बि. र पृथ्वी मा बि का १०/१० जना बिद्यार्थीलाई जनही तीन हजारका दरले पुरस्कृत गरिएको थियो ।
उत्कृष्ट शिक्षकको रुपमा हिमालय मा बि कि शिक्षिका नैनकला थेवेलाई नगद पाँच हजार सहित सम्मान गरिएको थियाो ।
पुरस्कृत शिक्षिका तथा बिद्यार्थीहरुलाई टिका माला र प्रमाण पत्रले सम्मान गरिएको थियो । साथै साहित्य कला सङ्गम दमकले सिर्जनशिल रचना वाचन कार्यक्रमको ५२ औं श्रृङ्खला पनि सम्पन्न गरेको छ ।
सुर्यदर्शन साकोसको कार्यलयमा भएको पुरस्कार बितरण कार्यक्रममा दुई दर्जन भन्दा बडी साहित्यकारहरुले रचना वाचन गरेका थिए ।
रचना वाचन गर्नेहरुमा साहित्य कला सङ्ग,दमकका उपाध्यक्षहरु यादवप्रसाद अधिकारी र दुर्गा काफ्ले,कोषाध्यक्ष ओमप्रसाद खनाल, साहित्यकारहरु कृष्ण उदासी,भुपेन्द्र तिम्सिना,अम्बिका प्रसाद सापकोटा , बिरेन्द्र खडका , डा. लेखनाथ न्यौपाने, बिवेक दुलाल क्षेत्री, गोपाल दहाल, जीवनहरि शर्मा, जयनारायण भट्टराई, किशोर खनाल,पदमप्रसाद ओली ,डिल्लीराम निरौला रहेका छन ।
कार्यक्रममा हिमालय मा बि पुर्व बिद्याथी समुह २०४४ को तर्फबाट दुईजना बिद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो ।
साहित्यकला सङ्गमका सल्लाहाकार समेत रहेका शैक्षिक व्यक्तित्व प्राध्यापक कमल प्रसाद बस्तिको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा साहित्य कला सङ्गमका पुर्व अध्यक्ष नरपति पाण्डे ,प्रतिभा निकेतनका पुर्व अध्यक्ष खेमलाल पोख्रेल, बर्तमान अध्यक्ष कमल प्रसाद भट्टराई, साहित्यकारहरु जीवन हरि शर्मा, जयनारायण भट्टराई, हिमालय मा बिका सहायक प्र.अ. कृष्णप्रसाद बराल, पृथ्वी मा विका प्र अ बिष्णु राईको बिशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।

 

Facebook Comments Box