दमक/चीनको व्यापारिक शहर गोन्जाउमा ७६ जना नेपालीहरुले एकैसाथ रक्तदान गरेका छन् ।

लामो समयदेखि अध्ययन तथा व्यवसायको सिलसिलामा त्यहाँ रहेका नेपालीहरुले २४ नोभेम्बरमा गरेको रक्तदानमा अन्य देशका १२ जनाले पनि रक्तदान गरेका थिए ।
नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसारको समेत उदेश्य राखेर ग्वान्जौंस्थित नेपाली महावाणिज्य दुतावास र एनआरएन चीनको संयुक्त आयोजनामा सो रक्तदान कार्यक्रम गरिएको एनआरएन चीनका सचिव तीर्थ पौड्यालले जानकारी दिनु भयो ।
एनआरएन चीनकी उपाध्यक्ष खुश्वु अग्रवालको संयोजकत्वमा भएको रक्तदानमा चीनमा व्यवसाय गर्ने व्यापारी, साउथ चाइना युनिभर्सिटी, गोन्जाउ नानफाङ युनिभर्सिटी र सन यात्सेन युनिभर्सिटी लगायतका विद्यार्थीहरूले भाग लिएका थिए ।
गोन्जाउ स्थित ब्लड बैंक सेन्टरले ३१ हजार ६ सय एमएल रगत संकलन गरेको थियो ।

कार्यक्रममा एनआरएन चीनका तर्फबाट अध्यक्ष प्रदिप न्यौपाने, केन्द्रीय सदस्य ( आईसीसी) नबिन बिक, भुतपुर्व अध्यक्षहरु शंकर ज्ञवाली, बलराम पराजुली, भुतपुर्ब उपाध्यक्ष रोहित अग्रवाल , अध्यक्ष प्रदीप निउरे, अर्का उपाध्याय सुसील बेलबासे, महासचिव ओम ज्ञवाली, महिला संयोजक सबिता बर्तौला लगायत अन्य कार्यकारी सदस्यहरु पनि सहभागी थिए भने नेपाली बाणिज्य दुताबासको तर्फबाट बाणिज्य शाखाका उपसचिव शरद ढुंगानाको उपस्थिती थियो ।