काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएपछि शल्यक्रियाको तयारी भएको छ ।

पेट दुख्ने समस्यापछि उहाँलाई मंगलबार आज बिहान टिचिङ अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र्पुयाइएको छ । प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक अरुण सायमी जानकारी दिनु भयो । उहाँले शल्यक्रियाको तयारी गरिएको पनि बताउनु भयो ।
सामान्य स्वास्थ्य जाँचका लागि प्रधानमन्त्री ओली मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक सेन्टरमा जानु भएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो । प्रधानमन्त्री ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न गत आइतबार साँझ ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलसिस गरिएको थियो ।

Facebook Comments Box