दमक/ दमक -८ स्थित अर्गानिक योग साधना केन्दले एक समाराेहका साथ गुरु पूर्णिमा सम्पन्न गरेको छ ।
कार्यक्रममा पतञ्जली योग समिति अन्तर्गत गत पौष महिनामा सञ्चालित सह-योग शिक्षक प्रशिक्षण तालिम पूरा गर्ने साधक साधिकाहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दमक नगरपालिका वडा नं ८ का वडा अध्यक्ष धर्मप्रसाद दहाल(दिपेश)ले तालिम पूरा गर्ने योग शिक्षकहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा साधना केन्द्रका गुरु उमेश धिमिरेलाई सम्मान गर्नुका साथै साधिकाहरुले मनाेरञ्जनात्मक नृत्यहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पयोस जिल्ला सदस्य धनश्याम प्याकुरेल, जिल्ला मिडिया प्रभारी साेमनाथ आचार्य,दमक नगर समिति महामन्त्रि धनपति ओडारी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । साधना केन्द्रका सम्पूर्ण योग शिक्षकको तर्फबाट योग शिक्षक ओमप्रसाद खनालले गुरु पूर्णिमाको महत्व सहित शुभकामना ब्यक्त गर्नुभएको थियो । अर्गानिक साधना केन्द्रका संयोजक उमेश धिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सह संयोजक हरि अधिकारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव गंगाप्रसाद सेडाईले गर्नु भएको थियो ।