दमक/ नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान महासंघ कोशी प्रदेशका नबनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाण पत्र वितरण तथा सपथ ग्रहण समारोह सम्पन्न भएको छ । शनिबार दमकमा कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोको प्रमुख आतिथ्यमा निर्वाचन समितिद्वारा प्रमाणपत्र वितरण तथा सफत ग्रहण कार्यक्रम सम्पन्न भएको हो । महासंघको प्रदेश अध्यक्षमा दमकका राजेन्द्र भट्टराई निर्वाचित हुनुभएको थियो ।
सो संगै महासंघको पहिलो बैठक समेत बसेको थियो । कार्यक्रममा दमक नगरपालिका उपमेयर समेत रहनु भएकी कांग्रेस कोशी प्रदेश सदस्य रेगिना भट्टराइ (प्रसाई )को विशिष्ट आतिथ्य रहेको थियो भने प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, प्रदेश सभा क्षेत्र खका सभापति रवि केसी, दमक नगर सभापति प्रकाश प्रसाई लगायतको आतिथ्य रहेको थियो । सो अवसरमा कोशी प्रदेशका १४ जिल्लाहरूको साङगठनिक स्थिति र चुनौतीसँगै आगामी कार्ययोजनाबारे पनि छलफल भएको थियो ।