दमक/ मर्यादित सहकारी समुन्नत समाज भन्ने नारासहित दमकमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्रस्तरमा १४ औं बार्षिक साधारण सभा शुरु गरेको छ ।
आइतबार बुधबारे सेवा केन्द्र इकाईको साधारणसभा सम्पन्न भएको संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षतामा सञ्चालन भएको बुधबारे इकाईको साधारण सभामा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु कृष्णलाल साह, सविता श्रेष्ठ, लोकबहादुर श्रेष्ठ र शान्ता राई तथा उत्कृष्ट बाल शैक्षिक बचतकर्ता समिक्षा राजवंशीलाई संस्थाका अध्यक्ष खरेल र सेवा केन्द्र संयोजक यामनाथ बिमलीले पुरस्कार तथा सम्मान प्रदान गर्नु भयो ।
कार्यक्रममा बुद्धशान्ती गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्ले, उद्योग वाणिज्य संघका अध्यक्ष दिपक सापकोटा, वडा सदस्य लक्ष्मीप्रसाद कँडेल र शेयर सदस्यहरुको तर्फबाट सेवा केन्द्र संयोजक यामनाथ बिमलीले शुभकामना मन्तव्य राख्नु भएको थियो । साधारण सभामा संस्थाका अध्यक्ष खरेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समिति संयोजक ताराप्रसाद अधिकारीको तर्फबाट संस्थाका सहव्यवस्थापक धर्मानन्द भट्टराईले पेश गर्नु भएको थियो । संस्थाले आज सुरुङा सेवा केन्द्रमा साधारण सभा सञ्चालन गर्ने जनाइएको छ ।

 

Facebook Comments Box