दमक/ दमक ६ मा मुख्य कार्यालय स्थापना गरी झापा मोरङका विभिन्न ठाउँमा सेवा केन्द्र मार्फत वित्तीय कारोबार गर्दै आएको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १६ औ वार्षिक साधारणसभाका निर्णयहरु एकीकृत तथा प्रमाणीकरण सभा सम्पन्न भएको छ ।
मंगलवार भएको औपचारिक कार्यक्रमबीच साधारण सभा समापन गरिएको हो । सभाका वक्ताहरुले सहकारी अभियान बिनाको समाज कल्पना गर्न नसकिने भन्दै नेपालमा सहकारी अभियानलाई जोगाउने चुनौती भने बढ्दै गएको उल्लेख गरे । राजनीतिक अस्थिरता र पछिल्लो समय उत्पन्न असहज परिस्थितीका कारण सुरक्षा चुनौती थपिँदा सहकारी अभियानमा पनि चुनौतीहरु बढने उनीहरुको भनाई थियो ।
कार्यक्रममा नेफ्स्कुनका महासचिव घनश्याम अधिकारीले सहकारीविनाको समाज परिकल्पना गर्न नसकिने बताउनु भयो । वहाँले देशभर फैलाईएको सहकारीहरुको नकारात्मक प्रचार र संक्रमणकालिन अवस्थालाई चिर्नुपर्ने चुनौती रहेको बताउनु भयो ।
दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसार्र्इँले देशमा एकपछि अर्काे संकट आइरहेकाले सबै ब्यवसायहरु धरासायी बन्दै गएको परिप्रेक्ष्यमा सहकारी अभियान पनि यसबाट टाढा हुन नसक्ने तर्फ सजग हुनुपर्ने औंल्याउनु भयो ।
सहकारीका ब्यवस्थापकहरुको साझा क्लब मेनेजर्स क्लब झापाका अध्यक्ष खोमप्रसाद बगालेले सहकारी संरक्षणको दायित्व सरकारको पनि भएको उल्लेख गर्नुभयो । उहाँँले अहिलेको सरकार गलत बाटोबाट आएको कारण पनि सहकारी क्षेत्रमाथी जोखिम बढेको कारण संस्थाका सदस्यहरु सजग भएर गलत तत्वहरुका विरुद्ध प्रतिकारमा उत्रिनु पर्ने बताउनु भयो ।
कार्यक्रमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँले वित्तीय क्षेत्रमा स्वर्णलक्ष्मी साकोसले बनाएको पहिचानको प्रशंसा गर्नुभयो । सामाजिक क्षेत्रमा सहकारी अभियानलेनै उल्लेखीय योगदान दिँदै आएको अध्यक्ष गुरागाइँले बताउनु भयो ।
सो अवसरमा जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइराला, लेखा सुपरिवेक्षण समिति संयोजक चुडामणी ओझा, स्वर्णलक्ष्मी साकोसका संस्थापक अध्यक्ष बासु काफ्ले, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, लगायतले साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
सो अवसरमा संस्थाले बर्षेनी प्रदान गर्दै आएको स्वर्णलक्ष्मी साकोस पत्रकारिता पुरस्कारबाट पत्रकार बिमल लामिछानेलाई सम्मान गरेको छ । नगद १० हजार रुपैयाँ राशीको पुरस्कार, सम्मान पत्र र दोेसल्ला ओढाएर उहाँलाई सम्मान गरिएको हो ।

यस्तै संस्थाले अग्रज व्यक्तित्व तुलसीराम प्रसाईं, कर्मचारीहरु कमल गड्तौला (फिल्ड उत्कृष्ट), बसन्त भट्टराई (हिरो अफ द स्वर्णलक्ष्मी), निर्मल धिमाल , झलक गौतम, रमेश वोहोरा, आशिष कार्की लगायतलाई पनि सम्मान गरेको छ ।
शिक्षा क्षेत्रमा उत्कृष्ट हुने शेयर सदस्यका छोराछोरीमध्येबाट छात्रा अनुदिता कोइराला र छात्र तर्फ सौरव सहनी नगद राशी सहित सम्मानित भएका छन् ।
वार्षिक चुनावी साधारणसभाले पुनः बुद्धिसागर बरालको अध्यक्षतामा आगामी चार वर्षको निम्ति ९ सदस्य सञ्चालक समितिको चयन गरेको संस्थाका प्रमुख व्यवस्थापक कमलकुमार घिमिरेले जानकारी दिनु भयो ।
सञ्चालक समितिको उपाध्यक्षमा सञ्जिब रिमाल, सचिबमा चन्द्रमाया निरौला, अधिकारी (जमुना) र कोषाध्यक्षमा प्रेमकुमारी रिजाल (पुनम) निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा गंगा पौडेल, दिनेशकुमार अधिकारी, राजेन्द्र श्रेष्ठ, भिमबहादुर रायमाझी र भरतकुमार ढकाल चयन हुनुभएको छ भने लेखा सुपरिबेक्षण समितितर्फ संयोजक गायत्रीप्रसाद पराजुली, सदस्यहरु, अभिचन्द्र प्रसाईं र शुशिला काफ्ले चुनिएका छन् ।