दमक/ मंसिर ५ गते , साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले एक कार्यक्रमका बिच सिर्जनशिल रचना वाचनको ५६ ओै श्रृङ्खला सम्पन्न गरेको छ ।साहित्य कला सङ्गम दमकका अध्यक्ष बिन्दु दहाल मुकदर्शकको अध्यक्षतामा र बरिष्ठ साहित्यकार गंगाधर कट्टेल को प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा दुई दर्जन स्रष्टाहरुले रचना वाचन गरेका थिए ।रचना वाचन गर्नहरुमा साहित्यकला सङ्गमका पुर्व अध्यक्ष विष्णु न्यौपाने ,साहित्यकला सङगमका अध्यक्ष बिन्दु दहाल मुकदर्शक उपाध्यक्षहरु यादवप्रसाद अधिकारी, दुर्गा खनाल काफ्ले महासचिव ओमप्रसाद खनाल , सचिव बिरेन्द्र बस्नेत ,सह सचिव मेघनाथ बन्धु , सदस्य बिबेक दुलाल क्षेत्री र रामकुमार उपाध्याय रहेको थिए ।यसरी नै अन्य सष्टाहरुमा पदमप्रसाद ओली किशोर खनाल,त्रिलोचन रेग्मी,खड्ग बहादुर खड्का ,युवराज धिमीरे,यादवप्रसाद नेपाल रहेका थिए ।
उक्त कार्यक्रममा साहित्य कला सङ्गमको नव गठित सल्लाहाकार समितिलाई सम्मान गर्नुका साथै ओैपचारिक पत्र समेत प्रदान गरिएको थियो ।नव गठित सल्लाहाकार समितिमा अग्रज साहित्यकारहरु कुलप्रसाद ढकाल,हेमनाथ अधिकारी,विष्णुप्रसाद न्यौपाने,नरपति पाण्डे ,सुमित्रा वाङ्देल चेली,डा.उत्तमप्रसाद भट्टराई,डा.कमलप्रसाद वस्ती, पुस्ता राई,खोमप्रसाद बगाले रहेका छन।उकत कार्यक्रममा सल्लाहाकार सदस्यहरुबाट शुभकामना मन्तव्य सहित रचना वाचन समेत गरिएको थियो । साहित्य कला सङगमका उपाध्यक्ष यादवप्रसाद अधिकारी झाक्रिखोलेले स्वागत गर्नु भएको उक्त कार्यक्रमको सन्चालन साहित्य कला सङ्गमका महासचिव ओमप्रसाद खनालले गरेका थिए ।