दमक/ दमक नगरपालिकास्थित तारावारी आधारभूत विद्यालय ब्यवस्थापन समितको अध्यक्षमा सन्तोष गौतम सर्वसम्मत रुपमा चयन भएका छन्।
सामाजिक काममा सक्रिय गौतम दमक -४ स्थित विद्यालयको स्तरोन्नतिका निम्ति निरन्तर क्रियाशील थिए।
आइतवार विद्यालय परिसरमा आयोजित भेलावाट गौतम अध्यक्ष चुनिएका हुन्। गौतम साविक नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश कमिटीका सदस्य तथा झापा क्षेत्र नं ५ का अध्यक्ष समेत रहेका छन्। गौतमले राज्यका निकाय र अभिभावकसंग सहकार्य गरी विद्यालय सुधारमा समर्पित हुने वताए।