कमल/ झापाको कमल गाउँपालिका–२ समयगढस्थित महेन्द्र रत्न माध्यमिक विद्यालय विभिन्न कार्यक्रम गर्दै ५८ औं वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको उद्धाटन गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई गर्नु भएको थियो ।
सोही अवसरमा विद्यायालयको नवनिर्मित मुल प्रवेश द्वारा, वाँस्केट वल कोर्ट र कमल गाउँपालिका १ का वडा अध्यक्ष केदार कटुवालका स्वा.पिता कीर्तिबहादुर कट्वालको स्मृतिमा स्थापना गरिएको कीर्ति पुस्तकालयको समेत अध्यक्ष राईले समुद्घाटन गर्नु भएको थियो ।
समुदायको माग र चाहाना अनुसार यस विद्यालयमा प्रविधी मैत्री शिक्षण सिकाई हुनुका साथै शिक्षकहरुको लगनशिलता, विध्यालय व्यवस्थापन समितीको सक्रियताका कारण विद्यालयले पछिल्लो समय धेरै प्रगति गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयो ।

विद्यायालयमा स्थापना भएका नारायण प्रसाद संन्जेल समृति छात्रवृति, कर्ण कुमारी पुष्पा होतांके अक्षयकोष,तोपगाछी धरमपुर मैत्रिसमाज मद्धतिकोष लगायत एक दर्जन अक्षयकोष दाताहरु बाट प्राप्त रकमले एक सयजना बन्दा बढी विद्यार्र्थीलाई छात्रवृति प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन राईको अध्यक्षता भएको वार्षिक उत्सवको पुर्व सन्ध्यामा आयोजना गरिएका विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ट विध्यार्थिलाई पुरस्कृत समेत गरिएको गियो । त्यस्तै सो अवसरमा शिक्षक विध्यालयलाई सहयोग गर्ने दाता लाई समेत सम्मान गरिएको थियो
विद्यालयका प्रधानाध्याक बालकृष्ण संग्रौलाले विध्यालयले पछिल्लो समय गुणस्तरीय शिक्षा, संस्कारयुक्त सिपमा आधारित शिक्षा, प्रविधिमैत्री शिक्षा र अनुशासनमा जोड दिएको बताउदै विद्यालयको संक्षिप्त वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी,वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत केशावकुमार ढकाल, लेखा अधिकृत श्रृजना राई ,शिक्षा शाखाका प्रविधिक रविन गौतम, छिमेकी विद्यालय व्यवास्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संचालन विद्यालयका शिक्षक विष्णु प्रकाश निरौलाले गर्नु भएको थियो ।
