दमक/ साहित्यकार तथा लेखक टंक आचार्य द्वारा लिखित “तथास्तुः अवशेष” नामक कृति लोकार्पण गरिएको छ । शनिबार दमकमा आयोजित संक्षिप्त कार्यक्रमबीच सो कृतिको लोकार्पण गरिएको हो ।
वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा र बरिष्ठ समालोक तथा साहित्यकार डा. गोबिन्दराज भट्टराईसहित र्जनौ साहित्यकारको उपस्थीतिमा भएको लोकार्पण समारोहको अध्यक्षता शैक्षिक व्यक्तित्व , लेखक एवं साहित्यकार खेमलाल पोख्रेलले गरेका थिए ।
प्रतिभा निकेतन र साहित्यकला संगमको आयोजनामा शील्प एकेडेमी दमकको सभा हलमा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।