दमक/ झापाको दमक ८ बालुवाटार स्थित एक कुखुरा फार्ममा बिद्युत सट् भएर आगलागी भएको छ । स्थानीय खगेन्द्र निरौलाले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा आगलागी भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी किशोर लम्सालले जानकारी दिए ।
मंगलबार साँझ अचानक भएको आगलागीका कारण भएको क्षतिको विस्तृृत विवरण आउन बाँकी रहेको वडाध्यक्ष धर्मप्रसाद दाहालले जानकारी दिए ।
उनका अनुसार फार्ममा रहेका ६ हजार मध्ये २ हजार कुखुरा आगोले जलेर मरेका छन् ।